Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

प्रचण्डलाई भेट्न अमेरिकी राजदूत खुमलटार पुगे

प्रचण्डलाई भेट्न अमेरिकी राजदूत खुमलटार पुगे

  • 394
    SHARES
  • प्रचण्डलाई भेट्न अमेरिकी राजदूत खुमलटार पुगे

    काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी खुमलटार पुगेका छन् ।

    प्रचण्ड निवास खुमलटारमा बुधबार बिहान पुगेका राजदूत बेरीले प्रचण्डसँग बिदाई भेटवार्ता गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

    भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका छन् ।

    मल्लले भने, ‘अध्यक्ष प्रचण्ड र राजदूत बेरीबीच आज बिहान अध्यक्ष निवास खुमलटारमा बिदाई भेट भयो । प्रचण्डले राजदुत बेरीको सफल कार्यकालको लागि बधाई दिनुको साथै नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij