वेबटिभी खबर
काठमाडौं । पूर्वन्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्वन्यायाधीश फोरममा आबद्ध न्यायाधीहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग सिफारिस समितिसमक्ष आफू र फोरममा आबद्ध साथीहरूमाथि लक्षित गरी अमर्यादित शब्द प्रयोग गरेको शन्दर्भमा फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
आफूमाथि लगाएको महाअभियोगको आरोपपत्रका सम्बन्धमा सफाई पेश गर्ने प्रयोजनका लागि गलत बयान दिएको दाबी गरेका छन् ।
न्यायालयको शुद्धि र सुदृढीकरणका लागि आफ्नो अनुभव ज्ञान र दक्षताको योगदान पुर्याउने उद्देश्यले कानुन बमोजिम दर्ता भई कार्यरत संस्थामा आबद्ध पूर्वन्यायाधीशहरूको मर्यादामा भ्रम फैलिने गरी उनले बयान दिएको आरोप छ ।
विज्ञप्तिमा भनिएको छ, ‘निलम्बित प्रधान न्यायाधीशको बयानप्रति पूर्वन्यायाधीश फोरमले खेद प्रकट गर्दछ । साथै पूर्वन्यायाधीश फोरमसँग आबद्ध पूर्वप्रधान न्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधान न्यायाधीशसँग कुनै पनि कुराको भागबन्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनाैती छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij