Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

निम्न माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक

निम्न माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक

  • 1.5K
    SHARES
  • निम्न माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स)को नतिजा सार्वजनिक भएको छ ।

    गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । १ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै पास भएका छन् ।

    प्रदेश १ मा ६ हजार ४१९ जना पास भएका छन् । ३१ हजार ६८८ जनाले परीक्षा दिएका थिए । जसमा २०.२६ प्रतिशत मात्रै पास भएका छन् । त्यस्तै मधेश प्रदेशमा २५ हजार ८१ जनाले परीक्षा दिएकोमा २ हजार ६५७ जना पास भएका छन् । जसमा १०.५९ प्रतिशत मात्रै पास भएका हुन् ।

    यसैगरी बागमती प्रदेशमा २६ हजार २८२ जनाले परीक्षा दिएकोमा ६ हजार ५१९ जना पाएका छन् । यहाँ २४.८० प्रतिशत पास भएका हुन् ।

    गण्डकी प्रदेशमा १७ हजार ७६ जनाले परीक्षा दिएकोमा ३ हजार ७५१ जना पास भएका छन् । यो २१.९७ प्रतिशत हुन आउँछ ।

    लुम्बिनी प्रदेशमा ३५ हजार १७३ जनाले परीक्षा दिएकोमा ७ हजार ३०५ जना उत्तिर्ण भएका छन् । यो २०.७७ प्रतिशत हो ।

    कर्णाली प्रदेशमा २४ हजार ६१३ जनाले परीक्षा दिएकोमा ३ हजार २४४ जना मात्रै पास भएका छन् । जुन १३.१८ प्रतिशत हो ।

    सुदूरपश्चिम प्रदेशमा २१ हजार ६५६ जनाले परीक्षा दिएकोमा ३ हजार २६३ जना पास भएका छन् । यो परीक्षामा सहभागीको १५.०७ प्रतिशत हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij