Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

रियल मड्रिडको लगातार दोस्रो जित

रियल मड्रिडको लगातार दोस्रो जित

  • 395
    SHARES
  • रियल मड्रिडको लगातार दोस्रो जित

    काठमाडौं । आरबी लाइपजिगलाई २-० ले पराजित गर्दै स्पेनिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । 

    जर्मन प्रतिद्वन्द्वी लाइपजिगविरुद्ध रियलको जितमा फेडरिको भाल्भेर्डे र मार्को एसेन्सियोले गोल गरे । खेलको ८०औं मिनेटमा भाल्भेर्डेले रियललाई १–० को अग्रता दिलाए । इन्ज्युरी समयमा एसेन्सियोेले गोल गर्दै रियलको जित निश्चित गरे । 

    समूह ‘एफ’ को अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र स्कटिस क्लब सेल्टिकले १–१ गोलको बराबरी खेले । 

    जितसँगै रियल दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अपराजित सेल्टिक ४ अंक जोडेर दोस्रो स्थानमा छ । एक अंक जोडेको सेल्टिक तेस्रो स्थानमा रहँदा लाइपजिगले अंक खाता खोल्न सकेको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij