Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बुटवल-गोरुसिंगे-चनौटा सडक स्तरोन्नति गरिने

बुटवल-गोरुसिंगे-चनौटा सडक स्तरोन्नति गरिने

  • 472
    SHARES
  • बुटवल-गोरुसिंगे-चनौटा सडक स्तरोन्नति गरिने

    काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिंग-चनौटा सडक चार लेनमा स्तरोन्नति हुने भएको छ । विश्व बैंक तथा नेपाल सरकारको संयुक्त लगानीमा ६९ किलोमिटर लम्बाइको सडक आगामी वर्षबाट निर्माण अघि बढाइने सडक विभागले जनाएको छ ।

    यो सडकको लागत ३२ अर्ब हुने अनुमान गरिएको छ । सडक एक सय किमी प्रतिघण्टाको गति सवारी साधन गुड्ने हुने र सडक सुरक्षा तथा वातावरणीय संरक्षणमा विशेष जोड दिइने विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।

    सात पुल निर्माण गरिने र त्यसमध्ये केही पुल आधुनिक प्रविधि र आकर्षक हुने उनले जानकारी दिए । उनले भने, ‘बुटवलमा तिनाउ नदीमा सिग्नेचर पुल निर्माण हुनेछ ।’ सडक निर्माणका लागि थप जग्गा अधिग्रहण गर्न नपर्ने भए पनि केही पसल र घरका भाग हटाउनुपर्ने हुनसक्ने महानिर्देशक थापाले जानकारी दिए ।

    सडक स्तरोन्नतिका लागि हाल विश्वबैंक र सरकारबीच आर्थिक सम्झौता हुने चरणमा रहेको छ । सो सडक २०२३ नोभेम्वरमा सुरु भएर २०२६ को नोभेम्वरमा सम्पन्न हुने अनुमान गरिएको छ । 

    कूल ३०५ मिलियन  ३८ अर्ब रकम रहेको ‘अक्सेलरेटिङ ट्रान्सपोर्ट एण्ड ट्रेड कनेक्टिभिटी इन साउथ एशिया-नेपाल फेज १’ अन्तर्गत अघि बढाउन लागिएको हो । यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा भूसंरक्षण विभाग आबद्व रहनेछन् ।

    विश्वबैंकले विभिन्न राजमार्गको स्तरोन्नतिका लागि सरकारलाई ऋण सहयोग उपलब्ध गराउँदै आएको छ । सरकारले पूर्व-पश्चिम राजमार्गलाई एशियाली राजमार्गको स्तरोन्नति गरिरहेको छ ।

    चार लेन सडक विस्तार गरी आधुनिक पुलसँगै ‘अण्डर पास’, ‘ओभर पास’ लगायतको निर्माण अघि बढाइएको छ । वन क्षेत्र हुँदै सडकपर्ने स्थानमा वन्यजन्तु मैत्री सडक निर्माण भइरहेको छ । विभिन्न खण्डमध्ये कतै सडक निर्माणाधीन र कतै निर्माणमा जाने चरणमा रहेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij