Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

नबिलले सुर गर्‍याे विना झन्झट रेमिटेन्स पठाउन सहज हुने ‘भिसा डाइरेक्ट सेवा’

नबिलले सुर गर्‍याे विना झन्झट रेमिटेन्स पठाउन सहज हुने ‘भिसा डाइरेक्ट सेवा’

  • 333
    SHARES
  • नबिलले सुर गर्‍याे विना झन्झट रेमिटेन्स पठाउन सहज हुने ‘भिसा डाइरेक्ट सेवा’

    काठमाडौं । नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । 

    यस सेवामार्फत विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकहरुलाई बिना झन्झट रेमिटेन्स पठाउन सक्नेछन् ।

    यो सेवा लागु भएसँगै भिसा डायरेक्टमा सहभागी १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अंकको भिसा कार्ड नम्बरमा रकमान्तर गर्न सकिने भएको हो । नबिल भिसा क्रेडिट, डेबिट (बैंक खाता) र प्रिपेड कार्डमा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    यो सेवा सुरु भएसँगै नबिल भिसा कार्डबाहकले विश्वको जुनसुकै ठाउँबाट आफ्नो कार्ड/खातामा सहज र सुरक्षित रूपमा पैसा प्राप्त गर्न सक्नेछन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना ग्राहकहरूलाई सुविधा पुर्याउने उदेश्यले भिसा डाइरेक्ट सेवा सेवा सुरु गर्न पाउँदा खुसी लागेको बताएका छन् । 

    ‘यो सेवाको सुरुवातसँगै स्वदेश र विश्वभरबाट सहज र सुरक्षित तरिकाले रेमिट्यान्स प्राप्त गर्न अर्को एउटा च्यानल खुलेको छ,’ उनले भने । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij