Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

३१ जना प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान

३१ जना प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान

  • 312
    SHARES
  • ३१ जना प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान

    काठमाडौं । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३१ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ ।

    तालिम समापनका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

    उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले तालिमको अवधिमा सिकेका विभिन्न ज्ञान, सीप र कौशललाई उपयोग गरी कार्यक्षेत्रमा गरिने काममा परिवर्तन तथा निखरता ल्याउन सकेमा मात्र तालिमको औचित्य पुष्टी हुने विचार व्यक्त गरेका थिए ।

    यस्ता किसिमका तालिम प्रहरी हुँदा मात्र नभई अवकाशपछि पनि आफ्नो क्षेत्रमा हुने विपद्जन्य घटना न्यूनीकरण गर्न समेत अत्यन्तै महत्वपूर्ण हुने उनले बताए । कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक बाल नरसिंह राणाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    उनले गत साउन ८ गतेदेखि सञ्चालित उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार ६ जना र प्रहरी जवान १९ जना गरी जम्मा ३१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij