वेबटिभी खबर
काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा मिटरब्याज पीडितको धर्ना ४५औं दिन पुगेको छ । मिटरब्याजको नाममा भूमिहीन बनाउने साहुबिरुद्ध किसानहरू निरन्तर धर्ना बस्दै आएका हुन् ।
आफूहरूलाई समस्यामा पार्नेहरूलाई कारबाही नगरेसम्म धर्ना नछाड्ने उनीहरूको भनाइ छ ।
आन्दोलनरत मिटरब्याज पीडितको अनसन र धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाउने क्रम पनि जारी छ ।
सोही क्रममा शुक्रबार आगामी मंसिरमा हुने निर्वाचनका लागि काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका ई.किरण केसीलगायतका नागरिक समाजका अगुवाहरूले ऐक्यबद्धता जनाए ।
अष्ट्रेलियाबाट केही दिनअघि मात्र नेपाल आएर एयरपोर्टबाटै उम्मेदवारी घोषणा गरेका ई.केसीले मिटरब्याज पीडितहरूको पक्षमा साथ दिने प्रतिबद्धता जनाएका छन् ।
मिटरब्याजीलाई मस्ती, पीडितलाई सास्ती
भिडियाे
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij