वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संसदकाे कार्यकालमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संसद्ले महत्वपूर्ण उपलब्धि हासिल गरेको महशुस गरेको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले वर्तमान सरकार र सत्ता गठबन्धनकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको बताए ।
वर्तमान सरकार गठनसँगै परराष्ट्र सम्बन्धमा सुधार आएको उल्लेख गर्दै उनले सरकार निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री देउवाले देशभर आएको बाढीपहिरामा भएको क्षतिको लेखाजोखाका साथै त्यसमा पीडितको तत्काल उद्धार गरिएको, घाइतेको उपचार, घरबारविहीन तथा मृतक परिवारलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको जानकारी गराए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij