Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

उदयपुरमा ३४ जनामा डेंगु संक्रमण

उदयपुरमा ३४ जनामा डेंगु संक्रमण

  • 318
    SHARES
  • उदयपुरमा ३४ जनामा डेंगु संक्रमण

    काठमाडौं । उदयपुरको कटारी, त्रियुगा, र बेलका नगरपालिकामा ३४ जनामा डेंगु संक्रमण देखिएको छ ।

    बेलका नगरपालिकामामा १३ जना, त्रियुगा नगरपालिकामा आठ, कटारी नगरपालिकामा पाँच जना र जिल्ला अस्पताल गाईघाटमा आठ जनामा डेंगु फेला परेको हो ।

    जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बेलका क्षेत्रलाई जोखिमयुक्त मानिएको छ ।

    किनकी यहाँ सबैभन्दा धेरैमा डेंगु देखिएको छ । यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट कटारी क्षेत्रमा फैलिएको  छ ।

    झण्डै तीन दर्जनमा डेंगु फेला परेको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरन्जीवी निरौलाले जानकारी दिए ।

    स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रामनरेश ठाकुरका अनुसार जिल्लाका ८ वटा स्थानीय तहमध्ये तीन नगरपालिकामा डेंगु भेटिएको छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij