Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नवौँ राष्ट्रिय खेलकुदका लागि टेवलटेनिसका १० खेलाडी छनौट

नवौँ राष्ट्रिय खेलकुदका लागि टेवलटेनिसका १० खेलाडी छनौट

  • 396
    SHARES
  • नवौँ राष्ट्रिय खेलकुदका लागि टेवलटेनिसका १० खेलाडी छनौट

    इटहरी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं-१ बाट टेवलटेनिसका १० खेलाडी छनौट भएका छन् । इटहरीमा जारी प्रदेश नं-१ स्तरीय खेलकुद प्रतियोगिताबाट उनीहरू छनौट भएका हुन् ।

    प्रदेश १ बाट नवौं राष्ट्रिय प्रतियोगिताका लागि टेवलटेनिसमा महिलातर्फ दीक्षा दाहाल, रुपा लिम्बू, अञ्जली ठाकुर, सोनम ठाकुर र सुलेखा ठाकुरा छनौट भएको प्रशिक्षक गीता मगरले जानकारी दिइन् ।

    यस्तै टेवलटेनिस पुरुषतर्फ अनमोल विक, सिद्धार्थ तामाङ, वोधित डिसी, विवेक बानियाँ र रोशन श्रेष्ठ नवौं राष्ट्रियका लागि छनौट भएका छन् ।

    दौडमा भोजपुर र धनकुटालाई स्वर्ण

    पाँच किलोमिटर दौडमा महिलातर्फ भोजपुरकी छेन्विमाया राईले स्वर्ण पदक जितेकी छिन् । यस्तै पाँच किलोमिटर दौड पुरुषतर्फ भने धनकुटाका गोकुल याकिलाले स्वर्ण पदक प्राप्त गरेका छन् ।

    पाँच किलोमिटर दौड महिलातर्फ संखुवासभाकी निला जिमीले रजत तथा ताप्लेजुङकी समपाल्मा शेर्पाले कास्य पदक पदक प्राप्त गरेकी छिन् । यस्तै पाँच किलोमिटर दौड पुरुषतर्फ सुनसरीका प्रशान्त तामाङले रजत तथा पाँचथरका ओसन राईले कास्य पदक प्राप्त गरेका छन् ।

    नवौं राष्ट्रिय खेलकुदको छनोट प्रतियोगिताका लागि सुनसरीको इटहरीमा भइरहेको एथलेटिक्सतर्फ आज फाइनल खेल हुँदैछ ।

    भारोत्तोलनमा मोरङको वर्चस्व

    आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ मा छनौट प्रतियोगिता भइरहेको छ । बिहीबारदेखि मोरङको विराटनगरमा सुरु भएको भरोत्तोलनमा मोरङका ६ खेलाडीले स्वर्ण पदक जितेका छन् ।

    प्रतियोगितामा ५९ किलो तौल समूहमा महिलातर्फ झापाकी सोनीदेवी दासले स्वर्ण जितेकी छिन् भने खोटाङकी बिजुली थापाले रजत प्राप्त गरेकी छिन् । यस्तै ६२ किलोतर्फ इलामकी सुस्मा राईले स्वर्ण र उदयपुरकी सन्ध्या राईले रजत प्राप्त गरिन् ।

    यस्तै ८१ किलो तौल समूहमा मोरङकी सृष्टि भलले स्वर्ण जितेकी छिन् । यता पुरुषतर्फ झापाका अमिलाल राजवंशीले स्वर्ण पदक जितेका छन् भने मोरङकै अर्जुन राजवंशीले ९६ किलो तौल समूहमा स्वर्ण जितेका छन् । विजयी खेलाडीलाई प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव हंशराज वाग्लेले पदक तथा प्रमाणपत्र प्रदान गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij