Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

झलनाथ-माधवले एमाले फुटाए उनीहरूसँगै लाग्छुः वामदेव गौतम 

झलनाथ-माधवले एमाले फुटाए उनीहरूसँगै लाग्छुः वामदेव गौतम 

  • 1.4K
    SHARES
  • झलनाथ-माधवले एमाले फुटाए उनीहरूसँगै लाग्छुः वामदेव गौतम 

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले माधव नेपाल र झलनाथ खनालले एमाले विभाजन गरेमा आफू उनीहरुकै पार्टीमा लाग्ने बताएका छन् ।  गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेपछि आफ्नो दुई बुँदे धारणा सार्वजनिक गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

    अध्यक्ष केपी शर्मा ओलीले २ जेठ ०७५ मा एमालेलाई फर्काउन नमानेपछि ओलीलाई आफ्नो साथ नरहेको गौतमले बताएका छन् । ‘त्यसो भए म तपाईको साथमा छैन,’ ओलीले आफू अघि बढिसकेको र गौतमको साथ चाहेपछि गौतमले भनेका छन् ।

    खनाल-नेपालले एमालेमै रहेर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा आफ्नो सहमति नभएको तर उनीहरुले संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरे आफू सो पार्टीमा सामेल हुने बताएका छन् । प्रतिनिधिसभामा गौतम पक्षमा एकजना सांसद गौतम पत्नी तुलसा थापा छिन् भने राष्ट्रियसभामा गौतम आफूमात्र छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij