निर्मला वली
देशभरीका प्रारम्भिक बालविकास सहजकर्ता एकजुट छौं । हामी पारिश्रमिक बढाउनुपर्छ भन्ने आन्दोलनका साथै बालबालिकाको सर्वाङ्गीर्ण विकास अझै राम्रोसँग कसरी गराउन सकिन्छ भन्ने विषयमा चिन्तित छौं । त्यसैले हामी आन्दोलनमा मात्र होइन विद्यालय खुलेको दिनमा आफ्नै विद्यालयमा बालबालिकासँग काम गर्छौं भने विद्यालय बिदा भएको दिनमा सबै साथीहरूलाई भेला गराएर एकअर्काले जानेका कुराहरू सेयर गर्नुका साथै अन्तरक्रिया पनि गर्छौं ।
कर्णाली प्रदेशका पारम्भिक बालविकास शिक्षकहरूको भदौ १०-११ गते प्रथम प्रादेशिक सम्मेलनमा सहभागी भई सम्मेलनमा भएका मुख्य–मुख्य कुराहरूलाई ढिलै भएपनि रुकुमपश्चिम त्रिवेणि गाउँपालिकाका इसीडी शिक्षकहरूबीच अन्तर्क्रिया गरियो ।
यस विषयमा गरियो अन्तर्क्रिया
प्रारम्भिक बालविकासका सिकाइका छ कुनाबारे ।
प्रारम्भिक बालविकास शिक्षकको भूमिकाबारे ।
शिक्षा शाखा तथा स्थानीय सरकारले बालविकासप्रति गरेका राम्रा अभ्यासहरू ।
विगतदेखि कर्णाली प्रदेश सरकारबाट खाँदै आएको प्रोत्साहनबारे ।
बालगीत, बालकथा, बालकविता, बालभिडियो, चित्र, पोस्टर र अन्य शैक्षिक सामाग्री आदि विषयबाट बालबालिकालाई सिकाउनेबारे छलफल भयो ।
माग सम्बोधनका लागि आवाज उठाउने र पूरा भएन भने केन्द्रीय तहमा जाने निर्णय भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij