Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

किसानलाई उद्यमी बनाउँदै कृषि सहकारी

किसानलाई उद्यमी बनाउँदै कृषि सहकारी

  • 333
    SHARES
  • किसानलाई उद्यमी बनाउँदै कृषि सहकारी

    काठमाडौं । काठमाडौं बसेर काम गर्दै आएका मेलम्ची-१ भोटेचौरका विनोद धिमाललाई अहिले सूर्यमुखी साना किसान कृषि सहकारीले उद्यमी बनाएको छ ।

    बन्दाबन्दी पछि गाउँ फर्किएर धिमालले गाईपालन र तरकारी खेतीबाट मासिक ५० हजार हाराहारी आम्दानी गरिरहेका छन् । उनी जस्तै अरुले पनि यहाँबाट ऋण लिएर व्यवसाय गरिरहेका छन ।

    पछिल्लो समय खुलेका सहकारी सेवा गर्ने उद्देश्यले भन्दा पनि नाफा कमाउने उद्देश्यतिर केन्द्रित हुँदा नागरिकमा सहकारीप्रतिको विश्वास घट्दै गएको छ ।

    तर सूर्यमुखी साना किसान कृषि सहकारी मेलम्चीले भने किसानको हितका लागि काम गर्दै किसानलाई व्यावसायिक बन्न भरपर्दो सहयोगी गर्ने गरेकाे छ । मेलम्ची नगरपालिका- की इन्दिरा खतिवडाले पनि सहकारीबाट लिएको ऋणले बाख्रापालन र होमस्टे सञ्चालन गरेकी छिन् ।

    व्यवसायबाट भएको आम्दानी खतिवडाले घर व्यवहार, छोराछोरी पढाउने र बचत गर्ने गर्छिन् । सहकारीमा अहिले  दुई हजार नौ सय १३ साधारण शेयर सदस्य छन् । त्यसमा ज्येष्ठ नागरिक, खुत्रुके र बाल बचत गरेर नौ सय गरी ३८ सय ७३ शेयर सदस्य छन् ।

    सहकारीमा कुल पुँजी २५ करोड रहेको सहकारीले जनाएको छ । सहकारीको आफ्नै भवन, चिस्यान केन्द्र रहेको छ । कृषि क्षेत्रमा उद्यमी बन्न चाहने किसानलाई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साना किसानमार्फत सहयोग गर्दै आएको हो ।

    मेलम्ची नगरपालिका-१ मा रहेको सूर्यमुखी साना किसान कृषि सहकारीले मेलम्ची नगरपालिका-१ देखि ५ सम्म र वडा नं-१२ लाई कार्यक्षेत्र बनाएर अहिले काम गरिरहेको छ ।योसँगै अन्य पालिकामा पनि साना किसान कृषि सहकारीको अवधारणालाई विकास गर्दै गइरहेको छ ।

    अन्य सहकारीलाई व्यवस्थापनमा पनि सहयोग गर्दे आएको छ । किसानलाई व्यावसायिक बन्न ऋण सहयोगदेखि स्थानीय तहसँग विकास साझेदार भएर काम गरिरहेको सहकारीका अध्यक्ष मित्रलाल चौलागाईंले बताए ।

    सहकारीले पशु बीमा दूध संकलनदेखि बजारीकरण र अनुदान दिने गरेको अध्यक्ष जानकारी दिए । भेटेरीनरी सेवा, बीउ प्रशोधन केन्द्रलगायत पनि सहकारीको सेवामा रहेको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij