Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

डा.केसीको आमाशयमा रक्तश्राव, काठमाडौं ल्याउने तयारी

डा.केसीको आमाशयमा रक्तश्राव, काठमाडौं ल्याउने तयारी

  • 326
    SHARES
  • डा.केसीको आमाशयमा रक्तश्राव, काठमाडौं ल्याउने तयारी

    काठमाडौं । धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ ।

    अस्पताल प्रशासनले उनको जीवन रक्षाकै लागि भ  पनि जबर्जस्ती काठमाडौं लैजाने तयारी गरेको छ ।

    अनसनरत केसीले भने आफ्ना माग पूरा नभइ काठमाडौं नजाने अडान लिएका छन ।

    कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार काठमाडौंबाट जसरी भए पनि डा.केसीलाई पठाउन निर्देशन आइसकेको छ ।

    यही कारण आज उनलाई जबर्जस्ती भए पनि काठमाडौं लगिने उनको भनाइ छ ।

    डा.केसीको उपचारमा संलग्न डा.शेरबहादुर कमरका अनुसार उनको सुगर लेवल घटेर ४० पुगेको छ ।

    यस्तै प्रेसरको लेभल पनि निकै कम रहेको छ । अर्का डा.सुबेधराज कायस्थले उनको आमाशयबाट पनि रक्तश्राव भइरहेको बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij