वेबटिभी खबर
काठमाडौं । सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर पठाएको विधेयक दोस्रोपटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि सत्तारूढ गठबन्धनको बैठक बसेको छ ।
अहिले प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपतिको कदमबारे छलफल गर्न बसेको बैठक जारी छ ।
राष्ट्रपतिले मंगलबार रातिसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि बिहानै प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका थिए ।
पहिलोपटक सन्देशसहित पठाएको विधेयकमा पुनर्विचार नगरी जस्ताको तस्तै पारित गरेपछि सरकारसँग राष्ट्रपति चिढिएको थिइन् ।
गठबन्धनको बैठकमा अब के गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन् ।
सत्तारूढ दलले संविधानको उल्लंघन भएको भन्दै आलोचना गरिरहेका छन् भने प्रतिपक्षले राष्ट्रपतिले राष्ट्रहितको काम गरेको भन्दै बचाउ गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij