वेबटिभी खबर
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले वर्तमान सरकार राष्ट्रियताका सवालमा कमजोर बन्दै गएको दाबी गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा बोल्दै सुवालले सरकारले अमेरिकाले नेपालमा ल्याउन खोजेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा नरहेको स्पष्ट पारे ।
मुलुकमा कोरोना भाइरस संक्रमणको दर बढे पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसको रोकथाममा कुनै योजना नगरेको र अग्रसरता नचालेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij