वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा कानुनविदहरूसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवाले बुधबार दिउँसो ४ बजे कानुनविदहरूसँग छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेविन्द परियारले बताए ।
त्यसका लागि कानुनविदहरूलाई प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बोलाइएका उनले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले करिब २०/२५ जना कानुनविदहरूसँग आवश्यक परामर्श लिने उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij