Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

उपत्यकामा ३ हजार ७० जना सवारी चालकमाथि कारबाही

उपत्यकामा ३ हजार ७० जना सवारी चालकमाथि कारबाही

  • 451
    SHARES
  • उपत्यकामा ३ हजार ७० जना सवारी चालकमाथि कारबाही

    काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ७० जना सवारी चालकलाई कारबाही गरेको छ ।

    ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने १३० जना, लेन अनुशासन पालना नगर्ने ९३ जना, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ र नम्बर प्लेज राम्रोसँग नराख्ने ५० जना रहेका छन् ।

    त्यस्तै २ हजार ६०२ जनालाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij