वेबटिभी खबर
काठमाडौं । धादिङको गजुरीमा बसको ठक्करबाट एकजना विद्यार्थीको मृत्यु भएपछि स्थानीय र विद्यार्थीले उक्त क्षेत्रकाे सवारी आवागमनलाई प्रभावित बनाएका छन् ।
बाटो काट्ने क्रममा ग १ ख ४५६५ नम्बरको बसले आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत ६ वर्षका विद्यार्थीलाई ठक्कर दिएपछि उनकाे मृत्यु भएकाे हाे ।
उक्त विषयमा विवाद सिर्जना भएपछि स्थानीय र विद्यार्थीले सवारी आवागमन रोकेका हुन् ।
दुर्घटनाको विषयमा विवाद बढ्दा स्थानिय र विद्यार्थीहरूले धादिङको गजुरीस्थित पृथ्वी राजमार्गमा अवरोध गरेका कारण सवारी चल्न नसकेकाे प्रहरीले जनाएको छ ।
विद्यार्थीको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीय र विद्यार्थीहरूले ठक्कर दिने गाडीमा तोडफोड र आगजनीसमेत गरेका छन् ।
उनीहरूले शव सडकमै राखेर प्रदर्शन गरेकाले पृथ्वी राजमार्गको गजुरी खण्डमा सवारी आवागमन प्रभावित बनेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij