Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

इसीडी शिक्षक, शिक्षक र कर्मचारीलाई दसैँअघि नै तलब दिने तयारी

इसीडी शिक्षक, शिक्षक र कर्मचारीलाई दसैँअघि नै तलब दिने तयारी

  • 12.4K
    SHARES
  • इसीडी शिक्षक, शिक्षक र कर्मचारीलाई दसैँअघि नै तलब दिने तयारी

    काठमाडौं । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाले २०७९ को प्रथम त्रैमासिक तलब विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक)लगायतको खातामा पठाउने तयारी गरेको छ ।

    images

    नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिप्रसाद ज्ञवाली (उप–सचिव)ले नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयले माग फाराम बुझाइसकेकाले अब केही दिनमै तलब पठाउने तयारी गरेको जानकारी दिए ।

    उनले बिहीबार वेबटिभी खबरसँग भने,‘विद्यालयहरूबाट माग फाराम प्राप्त भइसकेको छ । अब केही दिनमै खातामा पैसा जान्छ ।’

    नगरपालिकाले स्थायी, करार र राहत शिक्षकको स्वीकृत बजेट अनुसार बालविकास शिक्षकलाई मासिक १७,०००, कार्यालय सहायक लेखापाललाई मासिक २६,०००, कार्यालय सहयोगीलाई मासिक १५,०००, संघीय शिक्षण सिकाइ अनुदान, मा.वि शिक्षकलाई मासिक ३७,९९०, र नि.मा.वि शिक्षकलाई मासिक ३०,२००, स्वयंसेवक शिक्षक बालविकास शिक्षकलाई मासिक, १५,०००, प्रा.वि शिक्षकलाई मासिक १६,०००, नि.मा.वि शिक्षकलाई मासिक १७,००० र मा.वि शिक्षकलाई मासिक १९,००० रूपैयाँ उपलब्ध गराइने छ । 

    उक्त तलबस्केलमा चाडपर्व खर्चसमेत जाेडिएकाे नगरपालिकाकाे भनाइ छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology