Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

ट्रकको ठक्करबाट बालकको मृत्यु

ट्रकको ठक्करबाट बालकको मृत्यु

  • 299
    SHARES
  • ट्रकको ठक्करबाट बालकको मृत्यु

    काठमाडौं । भक्तपुरको मनोहरा फाँटमा शुक्रबार बिहान ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई मनोहरा फाँट बस्ने १७ महिनाका सलिन श्रेष्ठ रहेका छन् ।

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा समिट अस्पताल लोकन्थलीमा मृत्यु भएको हो ।

    सडक छेउमा खेल्दै गरेका उनलाई आज बिहान पौने ९ बजे बा ५ ख ७८१७ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

    ट्रकसहित चालकलाई प्रहरी वृत्त ठिमी भक्तपुरले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij