Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

ब्याडमिन्टन टोलीको बिदाई

ब्याडमिन्टन टोलीको बिदाई

  • 352
    SHARES
  • ब्याडमिन्टन टोलीको बिदाई

    काठमाडौं । भारतको गोहाटीमा आयोजना हुने ब्याडमिन्टन एशिया दक्षिण एशियन जुनियर रिजनल च्याम्पियनसपि-२०२२ मा सहभागी हुन जाने नेपाली ब्याडमिन्टन टोलीको बिदाई गरिएको छ ।

    राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाले शुभकामनासहित टोलीको बिदाई गरेका हुन् ।

    सेप्टेम्बर २६ देखि ३० सम्म आयोजना हुने च्याम्पियनसीपमा सहभागी हुन जाने टोलीको नेतामा नेपाल ब्याडमिन्टन संघका सदस्य छबी लाल शाही रहेका छन् ।

    यस्तै खेलाडीहरूमा डेभिड थापा मगर, सुरज गुप्ता, कविर केसी, साहिल चन्द, रोज पाण्डे, सानिया चन्द, रोजी राई र रिहाना शेरचन रहेका छन् ।

    नेपाली टोलीले यू-१५ र यू-१७ मा महिला तथा पुरष एकल र युगल, मिक्स युगल र मिक्स टिम ईभेन्टस्मा प्रतिस्पर्धा गर्ने संघका सचिव नविन विक्रम शाहले जानकारी गराएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij