Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

नारायणगढ-मुग्लिन सडक पुन: सञ्चालन

नारायणगढ-मुग्लिन सडक पुन: सञ्चालन

  • 462
    SHARES
  • नारायणगढ-मुग्लिन सडक पुन: सञ्चालन

    फाइल तस्बिर

    काठमाडौं । पहिरोका कारण अवरूद्ध नारायणगढ-मुग्लिन सडक पुनःसञ्चालन भएको छ ।

    गएराति १२ बजे भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरूद्ध सडक बिहानदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । रातभर सडक अवरूद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।

    चाडपर्व नजिकिएका कारण पनि नारायणगढ-मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ । यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij