Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

स्वास्थ्य संस्था नहुँदा समस्या

स्वास्थ्य संस्था नहुँदा समस्या

  • 381
    SHARES
  • स्वास्थ्य संस्था नहुँदा समस्या

    हुम्ला । हुम्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिका वडा नं-२ को लामाखोल्सी गाउँमा स्वास्थ्य संस्था नहुँदा यहाँका स्थानीयलाई उपचारमा समस्या भएको छ ।

    वडा नं-३ लामाखोल्सी गाउँमा पहिलादेखि नै स्वास्थ्य संस्था नहुँदा गाउँमा बिरामी हुँदा उपचारमा थप समस्या हुने गरेको स्थानीयको गुनासो छ । छिमेकी सिमकोट गाउँपालिकाको वडा नं-८ को खोल्सी गाउँको स्वास्थ्यचौकीमा उपचारलाई जाने गरेको स्थानीय रिकजेन लामाले बताए ।

    गाउँमा स्वास्थ्यचौकी स्थापना गरिदिन आग्रह गर्दा कुनै सुनुवाइ नभएको उनले गुनासो गरेका छन् । गाउँमा गर्भवती महिला सुत्केरी हुन झन समस्या भएको छ । यस्तै जटिल बिरामीको उपचारमा तत्काल समस्या हुने गरेको उनको भनाइ थियो ।

    वडा नं-३ लामाखोल्सी गाउँमा ३१ घरधुरी रहेको छ । दिनहुँ बिरामी जाँच, श्वासप्रश्वास, झाडापखाला, सुरक्षित मातृत्व, परिवार नियोजनलगायतका स्वास्थ्य सेवा पाउनबाट लामाखोल्सीवासी बञ्चित रहेको लामाले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij