Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सान्जेन कम्पनीकाे आइपीओमा साढे ३४ करोड आवेदन

सान्जेन कम्पनीकाे आइपीओमा साढे ३४ करोड आवेदन

  • 355
    SHARES
  • सान्जेन कम्पनीकाे आइपीओमा साढे ३४ करोड आवेदन

    काठमाडौं । सान्जेन जलविद्युत् कम्पनीको आइपीओमा ३४ करोड ४४ लाख ३७ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आइतबार ९ असोज बिहानसम्म १६ हजार ९८५ जना आवेदकले ३४ लाख ४४ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । यसर्थ अझै २ लाख  ५ हजार ६३० कित्ता शेयर बिक्री हुन बाँकी रहेको छ ।

    सान्जेनले गत ५ भदौदेखि १ सयअंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं.५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं.४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

    यस्तै सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा ४ असोजसम्म आवेदन दिन सकिनेछ ।

    यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

  • सम्बन्धित विषय:

  • # शेयर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij