वेबटिभी खबर
बैतडी । बैतडीमा अवरूद्व रहेको विद्युतीय राहदानी (इ-पासपोर्ट) सेवा पुनःसञ्चालन भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत मंगलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको थियो ।
विद्युतीय राहदानी इनरोलमेन्ट तथा विद्युतीय राहदानी सर्भरको कनेक्सनमा समस्या आएको भन्दै राहदानी विभागबाट जानकारी आएअनुसार बन्द गरिएको हो ।
केन्द्रबाटै उक्त समस्या समाधान गरिएपछि उक्त सेवा सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।
यसअघि गत असारमा पनि यही समस्याले केही दिन विद्युतीय राहदानी बन्द भएको थियो । जिल्लामा गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij