वेबटिभी खबर
सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारुको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहान चार बजे प्रदेश अस्पताल काला गाउँमा उपचारको क्रममा थारुको मृत्यु भएको हो ।
आइतबार साँझ थारुले चलाएको कर्णाली प्रदेश ०२-००१ प ०९९० नं को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको भे-६-प-३८९० नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता सुरज कार्कीले बताए ।
उनका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ धुलयाबिट नजिक दुर्घटना भएको हो । थारु भेरीगंगाको छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेका थिए ।
थारुले चलाएको मोटरसाइकलमा पछाडि बस्ने गीता चौधरी पनि घाइते भएकी छिन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ ।
यस्तै, भे-६-प-३८९० नं को मोटरसाइकल चालक गणेश खड्का घाइते भएका छन् । खड्काको हातखुट्टा र शरीरमा चोट लागेको छ । दुवै जनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij