Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

उपत्यकामा ३ हजार ५३ जना सवारी चालकमाथि कारबाही

उपत्यकामा ३ हजार ५३ जना सवारी चालकमाथि कारबाही

  • 293
    SHARES
  • उपत्यकामा ३ हजार ५३ जना सवारी चालकमाथि कारबाही

    काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सोमबार ३ हजार ५३ जना सवारी चालकलाई कारबाही गरेको छ ।

    ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ ।

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७४ जना, लेन अनुशासन पालना नगर्ने ४५ जना, रेड लाइटमा सवारी साधन चलाउने ६५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १४७ जना र नम्वर प्लेट राम्रोसँग नराख्ने ५४ जना चालक रहेका छन् ।

    त्यस्तै २ हजार ५६८ जना चालकलाई अन्य कारबाही गरेको कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij