Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बुधबार राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र, वरीयता पाँचौँ

बुधबार राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र, वरीयता पाँचौँ

  • 467
    SHARES
  • बुधबार राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र, वरीयता पाँचौँ

    काठमाडौं । विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश गर्न लागेका हुन् ।

    लामो समयको छलफलपछि मिश्र राप्रपामा प्रवेश गर्न लागेका हुन् । साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्र राप्रपाको भने वरिष्ठ उपाध्यक्ष हुने भएका छन् ।

    मिश्रसहितको टिम नै राप्रपामा प्रवेश गर्न लागेको स्रोतको दाबी छ । वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गर्न लागेका मिश्र राप्रपामा पाँचौँ वरीयतामा रहने राप्रपा स्रोतले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij