वेबटिभी खबर
काठमाडाैं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट लागि सत्ता गठबन्धनका नेताहरूको बैठक जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल भइरहेको छ ।
सिट भागबण्डा गर्न गठबन्धन बैठक पटक–पटक बस्दै आएपनि सहमति जुट्न सकेको छैन । सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एकीकृत समाजवादीले सिट संख्यामा चाँडो सहमति जुटाउनुपर्ने पक्षमा छन् ।
गठबन्धनले सिट बाँडफाँटबारे छलफल गर्न ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट महासचिव देव गुरूङ र उपमहासचिव वर्षमान पुन छन् ।
नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij