Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

  • 270
    SHARES
  • ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

    काठमाडौं । खोटाङको रूपाकोट मझुवागढी नगरपालिका-२ सोल्माडाँडामा हिजो बेलुका ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय टेक बहादुर राई रहेका छन् । प्रदेश १-०२-००३ त १४९२ नम्बरको ट्रयाक्टरमा सवार राई हिजो बेलुकी ८ बजे ट्रयाक्टरबाट खसेका थिए ।

    गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो ।

    ट्रयाक्टर सहित चालकलाई प्रहरी चौकी तालखर्क खोटाङले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij