वेबटिभी खबर
झापा । झापाको दमकस्थित सेतुमारी, मोरङको इन्द्रेझोडा महाराजथान हुँदै सिजुवा जोड्ने अवरूद्ध सडक एक वर्ष पछि सञ्चालनमा आएको छ ।
गत वर्ष कात्तिक पहिलो साता मावा खोलामा आएको बाढीका कारण सो सडकमा क्षति पुर्याएको थियो । मावा खोलाको बाढीले सो सडकको झापा र मोरङको सीमा खण्डमा कटान गरेपछि त्यस सडकखण्ड पूर्णरूपमा आवतजावत बन्द भएको हाे ।
अवरूद्ध सडक दमक नगरपालिका-१० र उर्लाबारी नगरपालिका-९ को पहलमा पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको दमक-१० का वडाध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।
सडकका खाल्डा पुरेर आठ थान ह्युम पाइप राखिएको छ । सडक खुलाउने काममा स्थानीयवासीले समेत मर्मतसम्भारको काममा सहयोग गरेका थिए ।
सडक सञ्चालनमा आएपछि दमकको दक्षिणी भेगबाट पूर्वी मोरङसम्म आवतजावत गर्न सुविधा पुगेको स्थानीय नगेन्द्रमणि न्यौपानेले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij