Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कर्णालीमा डेंगु संक्रमितकाे संख्या ५४१ पुग्याे

कर्णालीमा डेंगु संक्रमितकाे संख्या ५४१ पुग्याे

  • 338
    SHARES
  • कर्णालीमा  डेंगु संक्रमितकाे संख्या ५४१ पुग्याे

    काठमाडौं । कर्णाली प्रदेशभर ५४१ जना डेंगुबाट संक्रमित भएका छन् । सबैभन्दा बढी सुर्खेतमा डेंगुबाट ४२२ जना संक्रमित छन् ।

    प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार सल्यानमा २२, जुम्लामा २२, कालीकोटमा २१ र दैलेखमा १४ जना डेंगुबाट संक्रमित छन् ।

    त्यस्तै रूकुमपश्चिममा १८, हुम्ला र डोल्पामा एक-एक जना डेंगुबाट संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा कार्यालय सुर्खेतका डेंगु रोग नियन्त्रण फोकल पर्सन श्याम आचार्यले जानकारी दिए ।

    सुर्खेतको वीरेन्द्रनगर क्षेत्र डेंगु संक्रमणको रेडजोनमा छ । वीरेन्द्रनगरमा हालसम्म दुई सयभन्दा बढी डेंगुबाट संक्रमित छन् । प्रदेश अस्पतालका डा.केएन पौड्यालले लामखुट्टे नियन्त्रणका साथै बिरामीलाई झुलभित्र राखेर उपचार गर्नुपर्ने बताए ।

    संक्रमितलाई टोकेको लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा डेंगु फैलिन्छ ।

    कर्णालीमा मुटुरोगी बढ्दै

    कर्णालीमा मुटुरोगका बिरामीको संख्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय जीवनशैली र खानपानका कारण मुटुरोगी बढ्न थालेका  चिकित्सकले बताएका छन् ।

    चिकित्सकहरूका अनुसार अव्यवस्थित खानपानका कारण मुटुरोगी बढ्दै गएका हुन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतका अनुसार उच्च रक्तचापको समस्या बढीजसो देखिएको छ ।

    विलासी जीवनशैली र  अव्यवस्थित खानपानका कारण मुटुरोगको जोखिम बढ्दै गएको चिकित्सकको भनाइ छ । तनाव कम गर्ने बहानामा मद्यपान, धुमपान र निद्रा लाग्ने औषधि सेवन गर्ने क्रम बढ्दो छ ।

    यसले मुटुलाई थप असर गरिरहेको प्रदेश अस्पतालका डा.केएन पौड्यालले बताए । उनले भने, ‘पछिल्लो समय खानपानको शैली र काम गर्ने शैली फेरिएको छ ।’

  • सम्बन्धित विषय:

  • # कर्णाली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij