वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
बुधबार राप्रपासँग एकता मिश्रले शुक्रबार औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन् । मिश्रले चन्दा बाकस पनि राखेका छन् ।
विवेकशील साझा पार्टीबाट २०७४ सालमा यही क्षेत्रबाट प्रतिनिधसभा सदस्यकाे चुनाव लडेका मिश्रलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित गरेका थिए ।
मिश्रले १० हजार ११८ मत प्राप्त गर्दा कांग्रेस नेता सिंहले १० हजार ९३६ मत ल्याएर जित हासिल गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij