Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

जिल्ला अस्पताल लमजुङको सेवा तीन दिन बन्द हुने

जिल्ला अस्पताल लमजुङको सेवा तीन दिन बन्द हुने

  • 549
    SHARES
  • जिल्ला अस्पताल लमजुङको सेवा तीन दिन बन्द हुने

    काठमाडौं । जिल्ला अस्पताल लमजुङले विजया दशमीको अवसरमा तीन दिन सेवा बन्द गर्ने भएको छ । असोज १८ गते नवमीदेखि २० गतेसम्म अस्पतालको प्रशासन तथा बहिरंग सेवा बन्द गर्ने भएको हो ।

    अस्पतालले एक सूचना जारी गरी प्रशासन तथा बहिरंग विभाग बन्द हुने जनाएको छ । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार प्रशासन तथा बहिरंग विभाग बन्द गरिए पनि अस्पतालले प्रदान गर्दै आएको आकस्मिक तथा अन्तरंग सेवा भने सञ्चालन हुनेछ ।

    साथै डाईलासिस र प्रसुति सेवा पनि यथावत रुपमा नै सञ्चालन गरिने उनले बताए  । चाडपर्वमा अस्पतालमा कार्यरत कर्मचारी दशैं मनाउन घरमा जाने भएकाले प्रशासन तथा बहिरंग सेवा बन्द गरिने अस्पतालले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij