वेबटिभी खबर
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रधानाध्यापकका लागि तालिम चाहिने बताएको छ । मन्त्रालयले बताएअनुसार प्रधानाध्यापक हुनलाई निश्चित अवधिको व्यवस्थापकीय तथा नेतृत्व विकासम्नबन्धी तालिम अनिवार्य चाहिनेछ ।
उक्त तालिमको व्यवस्था मन्त्रालय आफैैंले गर्ने बताएको छ ।
त्यसैगरी विद्यालय विकास अवधारणा पत्रकाे आधारमा कार्य सम्झौता गरी प्रधानाध्यापक नियुक्ति गर्ने पनि मन्त्रालयको भनाइ छ ।
प्रधानाध्यापकलाई प्राज्ञिक र प्रशासनिक रूपमा अधिकारसम्पन्न एवम् स्वायत्त बनाउने मन्त्रालयको योजना छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij