Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

दसैँमा नृत्य देखाउन भारतीय सन्थाल समुदाय झापामा

दसैँमा नृत्य देखाउन भारतीय सन्थाल समुदाय झापामा

  • 355
    SHARES
  • दसैँमा नृत्य देखाउन भारतीय सन्थाल समुदाय झापामा

    झापा । पूर्वी नाका काँकरभिट्टा र भद्रपुर नाकाबाट आज भारतका विभिन्न स्थानका सन्थाल समुदाय समूह बनाएर नेपाल आएका छन् ।

    दसैँको अवसरमा बाजागाजासहित नेपालीहरूको घरदैलोमा सन्थाल नृत्य प्रस्तुत गर्दै दान दक्षिणा संकलनका लागि उनीहरू नेपाल आएका हुन् ।

    पश्चिम बंगालको नक्सलबाडी र बतासीबाट दुई सयभन्दा बढीको संख्यामा उनीहरू झापाको भद्रपुर, धुलाबारी, बिर्तामोड, शनिश्चरेलगायतका क्षेत्रमा नृत्य देखाउन आएको समूहका विशाल बेस्राले बताए ।

    ‘वर्षौंदेखि दसैँको सप्तमीका दिनदेखि हाम्रा कला संस्कृति देखाउन नेपाल आउने गरेका छौँ’, उनले भने,‘नृत्य सन्थाल जातिको पुर्ख्यौली परम्परा हो । हाट बजार र भ्याएसम्म नेपालीको घरदैलोमै पुग्छौँ ।’ पन्ध्र देखि ५० वर्ष उमेर समूहका पुरूषहरू नेपाल आएको उनले बताए ।

    विभिन्न समूह बनाएर आएका उनीहरूमध्ये एक समूह बिर्तामोड, अर्को शनिश्चरे र भद्रपुरतिर बाँडिएको उनको भनाइ छ ।

    उनले टीकाको दिनसम्म नेपाल बसेर नृत्य देखाउने उद्देश्य रहेको जानकारी दिए । रंगीचंगी पहिरन, कमिज गञ्जी, धोती, शिरमा मयुरको प्वाँख र काँसको फूल सिउरिएर आएका उनीहरूले सन्थाल गीतमा नृत्य गर्ने गरेको बताए ।

  • सम्बन्धित विषय:

  • # दसैं

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij