Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

युरोप, अमेरिका पुग्छ बाग्लुङकाे अकबरे

युरोप, अमेरिका पुग्छ बाग्लुङकाे अकबरे

  • 354
    SHARES
  • युरोप, अमेरिका पुग्छ बाग्लुङकाे अकबरे

    काठमाडौं । पछिल्लो सयम रूचाइएको खुर्सानीको प्रजातीमध्येको एक अकबरे खुर्सानी बाग्लुङ नगरपालिका-८ सिगानाका किसानहरूले व्यावसायीक उत्पादन थालेका छन् ।

    खानाका लागि पिरोसँगै स्वास्थ्यवर्द्धक मानिएको अकबरे खुर्सानीको बागलुङ नगरपालिका-८ सिगानाका किसान रामबहादुर खडकाले तीन वर्षदेखि अकबरे खुर्सानीकाे खेती गर्दै आएका छन् ।

    पहिलो वर्ष लगाएको अकबरे खुर्सानीको माग राम्रो आएपछि खेतीतर्फ याे आकर्षित भएको खड्का बताउँछन् । उनले लगातार दुई वर्षदेखि दुई रोपनी जग्गामा व्यवसायीक रूपमा अकबरे खुर्सानी उत्पादन गरिरहेका छन् भने यसको अचार बनाएर ‘ब्राण्डीङ’ समेत गर्दै आएका छन् ।

    कृषक खड्का भने, ‘मेरो मुख्य पेसा त सुन्तला खेती हो तर सुन्तला खेतीमा सिजनको कामबाहेक अघिपछि फुर्सद हुन्छ । कृषि भ्रमण तथा अवलोकनको समयमा व्यवसायिक रूपमा अकबरे खुर्सानी खेती गरेको देखेर तीन वर्षअघि पर्वत जिल्लाको पातीचौरबाट एकसय बिरुवा लिएर लगाएको थिएँ ।’

    उनका अनुसार अहिले अकबरे खुर्सानीको हरियो दाना केजीको  ४५० र अचार बनाएर ‘प्याकेजीङ’ गरेको आधा केजीको ४५० मा विक्री भइरहेकाे छ । यहाँको अचार कोसेली बनेर युरोप, अमेरिका र अष्ट्रेलिया पुगिसकेको उनले बताए ।

    खड्काले खुल्ला स्थानमा भन्दा प्लाष्टिक टनेलमा राम्रो गुणस्तरको खुर्सानी फल्ने उनले बताए ।  उनले पाकेको अकबरे खुर्सानी सुकाएर बनाएको अचार सहकारीको लोगो राखेर प्याकेजिङ गरेर विक्री वितरण गर्दा दुईदेखि तीन वर्षसम्म स्वस्थ नै हुने बताए ।

    उनका प्लाष्टिक टनेलमा अहिले करिब ८०० अकबरे खुर्सानीका विरूवा छन् । उत्पादन भएका खुर्सानी स्थानीय श्रीगणेश कृषि व्यवसायिक सहकारी संस्थाको ब्राण्डमा विक्री गर्ने गरिएको छ ।

    उनले सहकारीमार्फत् संस्थाका शेयर सदस्यलाई अकबरे खुर्सानीका बिरूवा वितरण गरिएको सहकारीले जनाएको छ । खड्काले यो वर्षमा एक लाखको अकबरे खुर्सानी विक्री गर्ने लक्ष्य राखेका छन् ।

    अकबरे खुर्सानीको स्वदेश र विदशेमा माग बढ्दै गएपछि स्थानीय किसान सुरेन्द्र खड्का र शिव खड्क समेतले अकबरे खुर्सानी उत्पादन गर्न थालेका छन् । तीन जना कृषकले नै उत्पादन गरेको खुर्सानी सहकारीको ब्राण्डमा अहिले अचार बनाएर बजार पठाउने गरेका छन् ।

    सहकारीले १ हजार ८०० खुर्सानीका बिरूवा आगामी वर्ष वितरण गर्ने र सहकारीमार्फत् ब्राण्ड बनाएर बिक्री गर्ने योजनामा सहकारीको रहेको सहकारीका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

    यस वर्ष ५० हजारको अकबरे खुर्सानीको अचार विक्री गर्ने लक्ष्य रहेको शिव खड्काले बताए । भान्सामा स्वाद र पिरोका लागि रूचाइएको अकबरे खुर्सानीको पछिल्लो समयमा स्वदेशी र विदेशी बजारमा पनि माग बढ्दै गएको उनीहरूको भनाइ छ ।

    अकबरे खुर्सानीबढी पिरो हुने भएपनि स्वास्थ्यमा असर नगर्ने भएकाले उपभोक्ताको रोजाइमा उक्त खुर्सानी पर्दै आएको उनीहरूकाे अनुभव छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij