Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बिहान नियमित हिँड्नुका फाइदा

बिहान नियमित हिँड्नुका फाइदा

  • 436
    SHARES
  • बिहान नियमित हिँड्नुका फाइदा

    शरीरलाई तन्दुरुस्त राख्न र रोगहरूबाट जोगाउन नियमित हिँड्नु महत्त्वपूर्ण छ । नियमित हिँड्नु पनि उच्च स्तरको व्यायाम हो ।

    धेरै अनुसन्धानमा बिहान व्यायाम गर्दा सबैभन्दा बढी फाइदा हुन्छ । यसले तपाईंलाई दिनभर ऊर्जावान राख्छ र दिमागलाई पनि सक्रिय बनाउँछ ।

    फाइदा
    –शरीरको तापक्रम सामान्य राख्न धेरै पानी पिउनुहोस् । त्यसैले हिँड्नुअघि र पछि एक गिलास पानी पिउनुहोस् ।

    –हिँड्नको लागि शान्त ठाउँ छान्नुहोस् । जहाँ हरियाली, वरपरको प्राकृतिक सौन्दर्य (बगैंचा) वा खुला ठाउँ होस् ।

    –मुटु रोगी, उच्च रक्तचाप वा अन्य कुनै समस्या भएका व्यक्तिले हिँड्नुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ । चिकित्सकका अनुसार बिहान नसामा रक्तसञ्चार कम हुने भएकाले दौडने वा कडा व्यायाम गर्दा हृदयाघातसमेत हुनसक्छ ।

    –हिँड्दा सुरु र अन्त्यमा सधैं ढिलो गति राख्नुहोस् । यसबाट थाकेको महसुस हुँदैन ।

    –हिँड्नका लागि आरामदायी जुत्ता हुनुपर्छ ताकि कुनै असुविधा नहोस् । जुत्ता धेरै टाइट हुनुहुँदैन ।

    –हिँड्नुअघि वार्म अप गर्नुहोस् । यसले मांसपेशीमा रक्तसञ्चार बढाउँछ । मांसपेशीमा चोट लाग्ने जोखिमलाई पनि कम गर्छ ।

    ध्यानमा राख्नुहोस्

    –घाम उदाएपछि मात्रै घरबाट निस्कनुहोस् ।

    –बिहान कुहिरो लागेमा हिँड्न नजानुहोस् ।

    –जाडो याम भए शरीर पूरै ढाक्ने, कान छोप्ने कपडा लगाउनुहोस् ।

    –हिँड्दा साना बालबालिकालाई साथमा नलिनुहोस् ।

    –यदि पहिलोपटक हिँड्न जाँदै हुनुहुन्छ भने १५ मिनेटभन्दा बढी नहिँड्नुहोस् ।

    –मोटोपनाबाट ग्रसित व्यक्तिहरूले बिहानको हिँडाइबाट टाढा रहनुपर्छ ।

    –मुटुको समस्या भएका व्यक्तिले बिहानै हिँड्नु हुँदैन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij