Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

काठमाडौं उपत्यकामा आज दिनभर पानी पर्ने

काठमाडौं उपत्यकामा आज दिनभर पानी पर्ने

  • 273
    SHARES
  • काठमाडौं उपत्यकामा आज दिनभर पानी पर्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभर वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    वर्षाका कारण दसैँमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ ।

    रातिदेखि काठमाडौं उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा २२ दशमलब ४ एमएम पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर पानी पर्नेछ ।

    ‘काठमाडौं उपत्यकामा आज दिनभर लगातार मध्यम खालको वर्षा हुन्छ’ उनले भनिन्,‘३/४ बजेतिर पानी केही कम भएपनि दिनभरी नै पानी पर्नेछ ।’

    काठमाडौं उपत्यकामा शनिबार विहानदेखि मात्र वर्षा कम हुँदै जानेछ । 

  • सम्बन्धित विषय:

  • # माैसम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij