Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कस्तो भयो दसैँ ? 

कस्तो भयो दसैँ ? 

  • 342
    SHARES
  • कस्तो भयो दसैँ ? 

    तनहुँ । गत मंगलबार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीहरूको महान् पर्व बडादसैँको रौनकता बढाउन सकेन । चाडपर्वको समयमा आफन्त, इष्टमित्र, मान्यजनको हातको टीका थाप्न र आर्शीवाद लिन वर्षाका कारण कठिनाइ भएको व्यास–१० निवासी तुलबहादुर सुनार बताउँछन् ।

    अविरल वर्षाकै कारण ससुराली घर चितवनमा जान समेत रोकिनुपरेको उनको दुखेसो छ । ‘जाउँजाउँ त लागेको छ, लामो दूरीको सडक त्यसमा पनि ठाउँठाउँमा पहिरो खस्ने चिन्ताले जाने चाहना हुँदाहुँदै पनि सकिएन,’सुनार बताउँछन् ।

    कोरोनाका कारण तीन वर्ष खुलेआम चाडपर्व मनाउन नपाएका नेपालीहरूले यसवर्ष दसैँ हर्षोल्लास र उमंगका साथ मनाउने सपना देखेपनि त्यो पूरा हुने नहुने अवस्था सिर्जना भएको हो ।

    वर्षा जारी रहेका कारण मौसमले समेत साथ नदिँदा पिङ खेल्न, रमाइला स्थानमा घुम्न जान नपाइएको व्यास–२ निवासी एवम् सञ्चारकर्मी विकास खनाल बताउँछन् ।

    दसैँको दिन टीका, जमराका साथै नयाँनयाँ कपडा लगाएर मान्यजनहरूको हातबाट टीका थाप्न जान वर्षाका कारण समस्या भएकोे उनको भनाइ छ  ।

    अविरल वर्षाका कारण दसैँमा पिङ खेलेर रमाइलो गर्ने र साथीभाईसँग भेटघाट गरी प्रत्यक्ष कुराकानी गर्ने अवसरबाट गर्न वञ्चित हुनुपरेको व्यास नगरपालिका–१ निवासी जानुका नेपालीको पनि गुनासो छ  ।

    उनी भन्छिन्,‘अघिल्ला वर्षको चाडपर्व कोरोना संक्रमणका कारण बाहिर खुलेर रमाउन नपाइएकामा यसवर्ष पनि मौसमले साथ नदिँदा खल्लो भयो ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij