Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पहिरोका कारण दसैँमा घर छाडेर भाग्न बध्य 

पहिरोका कारण दसैँमा घर छाडेर भाग्न बध्य 

  • 399
    SHARES
  • पहिरोका कारण दसैँमा घर छाडेर भाग्न बध्य 

    बाग्लुङ । बाग्लुङ नगरपालिका वडा नंं-११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दसैँको टीकासमेत आफ्नो घरमा लगाउन पाएनन् ।

    भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षातपछि जमिन बग्न थालेको थियो । निरन्तर बगिरहेको जमिनमा दसैँका समय परेको भारी वर्षाले झन असर गरेको छ । जमिन बग्दा सडक, ठूला पीपलका रुखसमेत बगेका छन् ।

    पहिरो खस्न थालेपछि स्थानीय किसानले लगाएका सुन्तलाको बगान, कुखुरापालन फार्मलगायत गोठ पुरिएका छन् । कतिपय घर चिरा परेका छन् भने केही किसानका घर र गोठ भत्केका हुन् ।

    ‘पहिला एउटा पाटोमा मात्रै ठूलो पहिरो थियो, अहिले अर्को पाटो पनि बग्यो’, वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘सुरक्षित छन् भनेका घर र यहाँ रहेका पशुपक्षीको फार्मसमेत पुरिने अवस्थामा पुगे ।’

    भारी वर्षा र पहिरोसँगै खसेको भेल गाउँमा पसेको छ । ‘आफ्नो घर छ, तर पहिरोले राज गरेको छ, अर्कैको घरमा दसैँ मनाउनुपर्‍यो, बासबिनाको दसैँ खल्लो भयो’, स्थानीय कुलराज शर्माले भने ।

    ‘छिमेकीका घर पनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन्, हाम्रो दसैँ भागाभागमै बित्यो ।’ यो बस्तीका खानेपानीको ट्यांकीसमेत बगेपछि स्थानीयवासी चिन्तित भएका छन् ।

    उक्त पहिराले दर्जन बढी घरपरिवार विस्थापित भइसकेका छन् । केही घरपरिवार सुरक्षित ठाउँको खोजीमा रहेको अर्का स्थानीयवासी विष्णु पौडेलले जानकारी दिए ।

    जमिन चिरा परेको स्थान हेर्दा थप सयौँ रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको देखिएको उनले बताए । पहिरोले यहाँको तमाखुवारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको छ । 

    ‘यो संकेत हेर्दा यहाँको बस्ती नै जोखिममा भयो, पहिलाभन्दा अब धेरै घर विस्थापित हुने भए’, पौडेलले भने, ‘अर्बौं खर्चेर पनि रोकथाम हुने अवस्था छैन ।’

    बगेको पहिरोले जैमिनी नगरपालिका वडा नं-१ को ओडार भन्ने स्थानमा पनि दर्जन घर विस्थापित भएका छन् । उनीहरूले पनि यो वर्षको दसैँ आफ्नो घर छोडेर अर्कैको घरमा मनाए । रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका-१ मा पर्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij