वेबटिभी खबर
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीका कारण नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रूपन्देही निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
स्वतन्त्र उम्मेदवार भएपनि उनलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । भुसाललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोन गर्दै गठबन्धनले साथ दिने भनेको स्रोतले बताएको छ ।
भुसालले शनिबार मात्र एमालेमा नरहने घोषणा गरेका थिए । अब आफूले सत्ता गठबन्धनको समर्थन गरेको अवस्थामा स्वतन्त्र वाम उम्मेदवारका रूपमा रुपन्देही–१ मा उम्मेदवारी दिने उनले बताए ।
भुसाल २०७४ मा रूपन्देही ३ बाट निर्वाचित भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij