Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

रामेछापमा बस दुर्घटना हुँदा १३ यात्रु घाइते

रामेछापमा बस दुर्घटना हुँदा १३ यात्रु घाइते

  • 371
    SHARES
  • रामेछापमा बस दुर्घटना हुँदा १३ यात्रु घाइते

    काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।

    दोरम्बाबाट काठमाडौँका लागि छुटेको बा ३ ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्र गतिका कारण बस  दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    यात्रु दसैँको टिका लगाएर फर्कँदै थिए । बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

    बसमा करिब ३० यात्रु सवार थिए । घाइते सबैलाई प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि काभे्रपलाञ्चोकको धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    dur.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij