Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नवौँ राष्ट्रिय खेलकुद : नवलपुरमा दुई खेल हुने

नवौँ राष्ट्रिय खेलकुद : नवलपुरमा दुई खेल हुने

  • 413
    SHARES
  • नवौँ राष्ट्रिय खेलकुद : नवलपुरमा दुई खेल हुने

    नवलपुर । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नवलपुरमा दुई खेल हुने भएका छन् । यही असोज २८ गते कास्कीको पोखरामा उद्घाटन समारोह तय गरिएकाले दुई खेल नवलपुरमा खेलाइने तय भएको हो ।

    प्रतियोगितामा समावेश भएका ३६ खेलमध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा कुस्ती र सेपाताक्रो खेल हुन लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले जानकारी दिए ।

    नवलपुर सदरमुकाम कावासोतीमा दुवै खेल खेलाइने छन् । सेपाताक्रो कावासोती-२ स्थित योङ्ग स्टार क्लबको कभर्डहलमा असोज २९ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । सेपाताक्रो खेलमा देशभरबाट ९८ खेलाडी सहभागी हुने पुनले बताए ।

    यसैगरी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत कुस्ती प्रतियोगिता कावासोती-१६ डण्डस्थित थारू सङ्ग्रहालय परिसरमा सञ्चालन हुने अध्यक्ष पुनले जानकारी दिए । कुस्तीमा देशभरबाट एक सय ५८ खेलाडी सहभागी हुने छन् ।

    दुवै स्थानमा प्रतियोगिताको तयारी जारी छ । दुवै खेलको बन्द प्रशिक्षण नवलपुरमा चलिरहेको छ । सेपाताक्रो गण्डकी प्रदेशका प्रशिक्षक जनार्दन पौडेलका अनुसार अहिले कावासोतीमा गण्डकी प्रदेशका खेलाडीको बन्द प्रशिक्षण जारी छ ।

    कुस्तीमा भाग लिने गण्डकी प्रदेशका खेलाडीको बन्द प्रशिक्षण भने त्रिवेणीमा चलिरहेको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij