Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

पहिरोले २२ घर जोखिममा

पहिरोले २२ घर जोखिममा

  • 340
    SHARES
  • पहिरोले २२ घर जोखिममा

    पाल्पा । लगातारको अविरल वर्षाले पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको क्याङरुङ गाउँ पहिरोले उच्च जोखिममा परेको छ । यहाँका करिब २२ घरमा पहिरोले जोखिम बढाएको छ । गत शनिबार बिहान पहिरो खस्दा क्याङरुङको डाँडाथर टोल जोखिम परेको हो ।  

    पहिरोका कारण विस्थापित परिवारलाई तत्कालका लागि छिमेकीको घरमा सारिएको छ । पहिरोपीडितलाई पालिकाले सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी गरिरहेको वडाध्यक्ष नवीन्द्र थापाले बताए। उनका अनुसार तत्कालका लागि घरमा राखिएका अन्नपात र गाईवस्तुलाई ओत लाग्न त्रिपाल वितरण गरिएको छ । 

    बसोबासका लागि गाउँ नै जोखिम बनेको स्थानीय गोकबहादुर सोती गुनासो गर्छन् । उनले भने, ‘तत्कालका लागि मानवीय र घरमा क्षति नदेखिए पनि कतिबेला घर पहिरोले लैजान्छ भन्ने निश्चित छैन, गाउँ नै पूरै जोखिममा छ, यसपटक वर्षाले ठूलै पहिरो खसेपछि गाउँका स्थानीयमा त्रास बढेको छ ।’ 

    यहाँ रहेको लक्ष्मी माविमा पनि जोखिम पुर्याएको प्रधानाध्यापक पदमबहादुर थापाले बताएका छन् । निस्दी–४  मित्यालको एक विद्यालय र दुई  घरमा पनि ठूलो क्षति पुगेको  छ । वर्षाले खोपलाकका दुई घर भत्केको छ । माथिबाट खसेको पहिरोले जनकल्याण आधारभूत विद्यालय भवनमा ठूलो क्षति पुगेको धनबहादुर ठाडाले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij