Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

गाेरखामा बाबुराम : नेता तथा कार्यकर्तालाई सुनाए आगामी लक्ष्य र योजना

गाेरखामा बाबुराम : नेता तथा कार्यकर्तालाई सुनाए आगामी लक्ष्य र योजना

  • 433
    SHARES
  • गाेरखामा बाबुराम : नेता तथा कार्यकर्तालाई सुनाए आगामी लक्ष्य र योजना

    गोरखा । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले पालुङटारस्थित पार्टीका नेता तथा कार्यकर्तासँग समसामयिक राजनीति र विकास कार्यको विषयमा छलफल गरेका छन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्न आएकाे माैका पारेर अध्यक्ष डा.भट्टराईले आज नेता तथा कार्यकर्तासँग आगामी लक्ष्य र योजनाका विषयमा छलफल गरे । अरूबेला पनि डा.भट्टराई महिनाको एकपटक गोरखा आउने गरेका छन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले नेता तथा कार्यकर्तासँग आगामी ४ मंसिरमा हुने चुनाव केन्द्रित योजना निर्माण साथै अबको ५ वर्षमा गोरखालाई विकासको ‘नमुना केन्द्र’ बनाउने योजना सुनाए ।

    उनले भने, ‘अहिलेको चुनाव जित्नको मात्रै नभएर गोरखा–२ लगायत जिल्लालाई नै विकासको नमुना केन्द्र बनाउने अभियान हो ।’ डा.भट्टराईले गोरखामा छोटो अवधिमा विकासका पूर्वाधारहरू बनेको बताए । त्यसको जगमा टेकेर आगामी दिनमा समृद्धिको महल खडा गर्नुपर्ने उनको भनाइ छ ।

    अध्यक्ष डा.भट्टराईले चुनावपछि नयाँ चिन्तन, सोचका आधारमा पार्टी एकता हुने, त्यो पार्टी अग्रगामी, प्रगतिशील र कुनै पार्टीको विरोध नभइ देशको आवश्यकता अनुसारको विकास मार्ग निर्देशक शक्ति बन्ने नेता तथा कार्यकर्तामाझ भने ।

    ‘चुनावपछि नयाँ सोच र चिन्तनको आधारमा पार्टी एकता हुन्छ । त्यो अग्रगामी, प्रगतिशील शक्ति बन्नेछ ।  कुनै पार्टीको विरोधी नभई देशको आवश्यकता अनुसारको विकासको मार्ग निर्देशक पार्टी बनाउने उद्देश्यका साथ अहिलेको दुई पार्टी बीचको साथ चुनाव चिह्न लिइएको हो,’ डा.भट्टराईले स्पष्ट पारे ।

    चुनावपछि बन्ने वैकल्पिक शक्तिको एउटा नेतृत्वले सत्ताको नेतृत्व लिएर मुलुकको समग्र विकासमा लाग्ने र अर्को नेतृत्वले पार्टीलाई वैचारिक,सैद्धान्ति रूपमा निरन्तर प्रगतिशील बनाउँदै लैजाने डा.भट्टराईले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij