Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

उजुरी परेका उम्मेदवारले आज जवाफ दिनुपर्ने

उजुरी परेका उम्मेदवारले आज जवाफ दिनुपर्ने

  • 286
    SHARES
  • उजुरी परेका उम्मेदवारले आज जवाफ दिनुपर्ने

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीबारे जवाफ दिनका लागि आज समयसिमा तोकिएको छ ।

    २३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसिमा तोकिएको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छेदारसहितका उम्मेदवारविरुद्ध उजरीु परेको छ । देशभरीका उम्मेदवारमाथि परेको उजुरीपछि आयोगले सो उजुरीका बारेमा आजै जवाफ दिन सबन्धित उम्मेदवारलाई सूचना टाँस गरी सम्बन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ । 

    उता, निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि अपरान्ह १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनका लागि समयसिमा तोकेको छ । सोही दिन अपरान्ह ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij