Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

विद्यालय कर्मचारीका माग सम्बोधन गर्न आलटाल 

विद्यालय कर्मचारीका माग सम्बोधन गर्न आलटाल 

  • 2.8K
    SHARES
  • विद्यालय कर्मचारीका माग सम्बोधन गर्न आलटाल 

    काठमाडौं । अर्थ मन्त्रालयले विद्यालय कर्मचारीको माग सम्बोधन गर्न आलटाल गरेको छ । गत भदौ १ गतेदेखि दसैँअघिसम्म डेढ महिना लामो आन्दोलनपश्चात विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति सरकारसँग वार्तामा बसेको थियो ।

    परिषद् र सरकारी अधिकारीहरूबीचको वार्तामार्फत माग पूरा गर्ने वाचा भएको थियो । शिक्षा मन्त्रालयले विद्यालय कर्मचारीको माग पूरा गराउन अर्थ मन्त्रालयलाई पत्र लेखेको थियो । उक्त पत्र अर्थ मन्त्रालयमै अड्किएको छ ।

    देश चुनावी माहोलमा गैसकेकाले अब नयाँ सरकारले मात्रै कर्मचारीका मागबारे पुनर्विचार गर्ने अर्थ मन्त्रालय स्रोतको भनाइ छ । अर्थ मन्त्रालयका एकजना अधिकारीले भने, ‘अहिले देश चुनावी माहोलमा गैसकेको छ । नयाँ सरकार आएपछि केही निर्णय होला । हामी अहिले नै माग पूरा हुन्छ या हुँदैन भन्न सक्दैनौं । मन्त्रीज्यूलाई पनि चुनाव लागिसकेको छ ।’ 

    विद्यालय कर्मचारीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चितवनमा भेटेर माग पूरा गराउन दबाव दिएका थिए । विद्यालय कर्मचारीका अगाडि प्रचण्डले प्रतिबद्धता जनाए पनि अहिलेसम्म माग पूरा गरिएको छैन । दसैँजस्तो महान् चाडमा पनि विद्यालय कर्मचारी निराश हुनुपरेको थियो । 

    यता विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले भने आफू बुटवल रहेको र यही महिनाको अन्तिममा काठमाडौं आएर फलोअप गर्ने बताए । उनले आफूले माग पूरा हुने आश्वासन पाएको बताए । 

    विद्यालय कर्मचारीले सरकारले माग पूरा नगरे आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट नहाल्ने चेतावनीसमेत दिएका छन् ।

    मागहरू 

    karmachari.jpg
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij